२0७४ पौष २ आइतबार

समाचार

अष्ट्रेलियामा चर्चा 'ए मेरो हजुर २' र साम्राज्ञी को ।

मसिर्,१०,२०७४ ।केहि समय अघी नेपालमा प्रदशनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ नेपाल को सफल प्रदशन पश्चात यती बेला चलचित्रको निर्माण टिम चलचित्र ए मेरो हजुर २ लाई बिभिन्न देश मा प्रदशन गर्न लागी परी रहेका छन ।यसै  शिलशिलामा शनिवार अष्ट्रेलियामा उक्त चलचित्रको भब्य प्रिमियर गरिएको छ । नेपालबाट चलचित्रकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागितामा सम्पन्न उक्त प्रिमियरमा सयौं दर्शक हरुको सहभागी रहेको स्रोतले बताएको छ ।।स्रोत लाई चलचित्रकी निर्देशक थापाले बताए अनुसार अष्ट्रेलियामा चलचित्र ए मेरो हजुर २ हाउसफुल का साथ प्रदशन भएको बताइएको छ ।अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको पनि बताइएको छ्। अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन गरीन लागेको चलचित्र ‘ए मेरो हजुर २’ को प्रिमियरमा निर्देशक झरना र नायिका साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेका छन ।नायिका साम्राज्ञीले प्रिमियर मा लगाएको पहिरन र्,उनको बोल्ड अन्दाज का साथै साम्राज्ञीको सौन्दर्यको चर्चा पनि अष्ट्रेलियामा राम्रै चलेको बताइएको छ ।