२0७४ पौष २ आइतबार

समाचार

स्वेताको कान्छी र अनमोलको कृ माघ २६ गते एक आपसमा भिडने संकेत देखिदै ।

मंसिर,१२,२०७४ ।अहिले का युवा स्टार नायक अनमोल केसी अभिनित र नेपाली चलचित्र प्रेमी दर्शक हरु को बहुप्रतिक्षीत चलचित्र ‘कृ’, र नेपाली चलचित्रको बजारमा सबै भन्दा बढी ब्यापार गरेर इतिहास रच्न सफल चलचित्र कोहिनुर पछी दर्शक माझ आउन लागेकी नायिका स्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ले माघ २६ गते बाट एक आपस मा प्रतिस्प्रधा गर्ने भएको छ्।नायिका स्वेता खडकाको निर्माण र निर्देशक आकाश अधिकारि निर्देशित उक्त चलचित्र ‘कान्छी’ले आफ्नो प्रदर्शन मिती माघ २६ लाई पहिले नै तय गरी सकेको थियो । तर अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ ले बारम्बार प्रदर्शन मिती तय गर्दै सारने क्रम मा माघ २६ लाई प्रदशनी मिती फाइनल गरेको हो ।दुवै चलचित्र दर्शक हरु को लागी बहुप्रतिक्षित भएको ले यि दुइ चलचित्र मध्य कुनै एक चलचित्र ले प्रदर्शन मिती सार्ने हल्ला चलचित्र बजारमा चली रहेको समयमा चलचित्र‘कान्छी’की निर्मात्री तथा नायिका श्वेता खड्काले सोहि मितिमा नै आफ्नो चलचित्र ‘कान्छी’ प्रदशन हुने बताएकी छिन् ।नायिका स्वेताले भनेकी छिन् ‘हामीले पहिले नै माघ २६ लाई प्रदर्शन मिती तय गरी सकेका छौ दर्शकहरु पनि चलचित्र कान्छी हेर्न आतुर हुनुहुन्छ र दर्शकले आफुलाई माया गर्ने भएकाले आफ्नो चलचित्र लाई पनि माया गर्नु हुनेछ’त्यसै ले हाम्रो चलचित्र माघ २६ मै प्रदशन हुने छ्।चलचित्र मा श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी, कामेश्वर चौरासिया, अनु शाह, नीर शाह लगाएत कलाकारहरुको अभिना य रहेको छ भने भुवन केसी र सुबास गिरीको निर्माण र सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ मा अनमोल केसी र अदिति बुढाथोकी को मुख्य भूमिका रहेको छ ।