२0७४ माघ ५ शुक्रबार

समाचार

चलचित्र 'फिर्के'को ट्रेलर सार्वजनिक ।

मंसिर,१३,२०७४ ।यस अघी पुष १४ गते लाई प्रदशनी मिती तय गरेर चलचित्रको प्रचार प्रसारमा लागेको चलचित्र फिर्केको निर्माण युनिटले, आज राजधानीको राइजिङ मलमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै प्रदशनी मिती पनि सारेको छ ।अब उक्त चलचित्र फिर्के पुष २१ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । प्रदर्शन मिति फेरबदल गर्दै सार्वजनिक गरेको उक्त ट्रेलर कमेडी संवादले भरिएको छ ।यस अगि इकु र इकु ब्याक अगेन बनाएका कलाकार सुलेमान शंकर इकु को प्रस्तुतीमा बनेको उक्त चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायत कलाकारहरुको अभिनय रहेको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको बारेमा बोल्दै सुलेमान शंकरले ‘फिर्के’लाई राम्रो बनाउने प्रयास गर्नुका साथै दर्शक को चाहना अनुरुप चलचित्र निर्माण गरेको विश्वस्त पारेका छन ।चलचित्र ‘फिर्के’मा बिश्व नेपाली र सुवास भुषालको संगीत,अष्ट महर्जनको द्वन्द्व,मित्र डि । गुरुङको सम्पादन,राम कुमार केसीको छायांकन रहेको छ । चलचित्र लाई रबी डंगोल बेइमान ले निर्देशन गरेका छन ।