२0७४ पौष २ आइतबार

समाचार

कान्छीको चरी चट्ट भुरुरु ४० लाखमा प्रबेश ।

कार्तिक्,१७,२०७४ ।नायिका तथा निर्मात्री श्वेता खडकाले निर्माण गरेको चलचित्र‘कान्छी'मा समाबेश चरी चट्ट बोल रहेको गीत लाई यु टुब मा ४० लाख भन्दा धेरै पटक हेरिएको छ । सार्वजनिक भएको दिन देखी नै नेपाली चलचित्र प्रेमी दर्शक स्रोता हरुको मन जित्न सफल उक्त गीत लाई बुढा सुब्बाको यु टुब च्यानल बाट सार्वजनिक गरिएको थियो ।नायिका स्वेता खडका र नायक दयाहाङ राइ माथी छायाकन गरिएको उक्त गीतमा अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत र  संगीतकार शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने नायिका स्वेता र नायक राइ लाई नचाउने काम भने बरीस्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले गरेका छन्। । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानीमा छायाकन गरिएको,निर्देशक आकाश अधिकारीको निर्देशनमा निर्मित उक्त चलचित्रमा नायिका श्वेता र नायक दयाहाङ राई लाई  मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र भूमिका श्रेष्ठ लगाएत कलाकार हरुको अभिनय रहेको छ । माघ २६ गते बाट प्रदशनमा आउने चलचित्र ‘कान्छी’को उक्त गीत लाई यु टुब मा ४० लाख भन्दा धेरै पटक हेरेको अवसरमा चलचित्र कि निर्मात्री तथा नायिका स्वेता खडकाले आफ्नो फेसबुक वालमा लेखेकी छिन,मेरो चलचित्र 'कान्छी' को 'चरी चट्ट परी भुरुरु' बोलको गीतलाई ४० लाख पटक हेरिएको यो सुखद अवसरमा मेरा दर्शक, शुभचिन्तक तथा नेपाली चलचित्र र नेपाली गीतसंगितका पारखीहरु प्रती हार्दिक नमन गर्दछु । तपाईंहरुबाट प्राप्त साथ,सल्लाह र सुझावहरुको ओइरोले मनमा भिन्नै जोश,जाँगर र उत्साहको पालुवा पलाएको छ । मलाई दिने मायामा कुनै कमी आउनेछैन भन्ने विश्वाश लिएकी छु । माघ २६ मा यो 'कान्छी'लाई भेट्न नजिकका सिनेमा घरहरुमा आउन नभुल्नु होला,धन्यवाद,उही तपाईंकी छोरी चेली श्वेता खड्का'कान्छी' चलचित्र मा पुरुषोत्तम प्रधानको छायाँकन,शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।