२0७४ पौष २ आइतबार

समाचार

चलचित्र राज्जा रानी को ट्रेलर सार्वजनिक ।

मंसिर,१५,२०७४ ।चलचित्र लेखनमा बाट निर्देशन यात्रामा डेब्यु गरेका निर्देशक यम थापाको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ ।निर्माण पक्षले चलचित्र को प्रचार प्रसार गर्ने क्रममा केहि समय अघी मात्र टिजर र चलचित्रमा समाबेश चिप्पक चिप्पक बोल रहेको गीत सार्वजनिक गरेको थियो ।सार्वजनिक गरिएको उक्त चिप्पक चिप्पक गीत मा राजेन्द्र थापाको शब्द मा संगीतकार दीपक शर्माको संगीत रहेको थियो भने उक्त गीत्मा ,नाजिर र केकी माथी छायाकन गरिएको थियो।्आर्यन फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रचार प्रसार लाई थप मजबुत बनाउन को लागी आज राजधानी मा एक कार्यक्रम को बिच निर्माण पक्षले उक्त ट्रेलर सार्वजनिक गरेको हो ।सार्वजनिक गरेको उक्त ट्रेलरमा हाश्य प्रधान लाई महत्व दिइएको छ भने हाश्य को साथ साथ मा माया प्रेम्,बदला लाई पनि देखाइएको छ । चलचित्र मा केकी अधिकारी,नाजिर हुसेन्, कामेश्वर चौरासिया लगाएत कलाकार हरुको मुख्य भूमिका रहेको छ ।पौष २१ गते बाट प्रदशन मा आउन लागेको चलचित्र पश्चिम तराइको जनजातीको प्रेमकथामा आधारित रहेको चलचित्रका निर्माण पक्षले बताएको छ्।‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका छन भने चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।