२0७४ पौष २ आइतबार

समाचार

चलचित्र‘लभ डायरिज’को निर्माण टिमले भिडियो बाट गर्‍यो चलचित्र निर्माणको घोषणा ।

मंसिर,१७,२०७४ ।चलचित्र 'सायद २' कारखाना नायक सुशील श्रेष्ठ लाई अब चाँडै नयाँ चलचित्र मा देख्न पाइने भएको छ ।नायक सुशील श्रेष्ठ लाई निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ डायरिज’देख्न पाइने भएको हो ।स्रोतका अनुसार शुसिल उक्त चलचित्रमा लभर व्वाई को भूमिकामा प्रस्तुत हुन लागेको बुजिएको छ । सुशीलले चलचित्र ‘लभ डायरिज का लागी आफ्नो कपाल निकै बढाएका छन् ।‘लभ डायरिज’मा सुशीलसँगै रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार हरु अनुवन्धित भैसकेको पनि बताइएको छ ।लामो समयदेखि चलचित्र सम्पादनको काम गर्दै आइ रहेका साहिल खान यसै चलचित्र बाट ‘एसोसियट डाइरेक्टर’को भूमिका मा नेपाली रजतपटमा प्रस्तुत हुँदै छन ।‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुन लागेको युवा पुस्ताको प्रेम कथा लाई मुख्य कथा बस्तु बनाएर निर्माण गरीन लागेको चलचित्र ‘लभ डायरिज’ मा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह निर्माण रहेको छ ।चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहने छ भने,चलचित्र को निर्माण टिम चुनाव सकिए लगतै फ्लोरमा जाने बताइएको छ ।साथै यस चलचित्रको रोचक कुरा त के छ भने नेपालमा निर्माण हुने अधिकांश चलचित्र को घोषणा एक कार्यक्रमका बीच हुँदै आएकोमा यस चलचित्र को निर्माण टिमले भने पहिलो पटक भिडियोद्वारा चलचित्र निर्माणको घोषणा गरेका छन ।