२0७४ पौष २ आइतबार

समाचार

चलचित्र कान्छी नेपालको प्रदशन अगावै न्युजिल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री ।

मंसिर,१७,२०७४ ।माघ २६ गते बाट प्रदशनमा आउन लागेको र चलचित्रमा समाबेश गीत चरी चट्ट परी भुरुरु बोलको गीतले चर्चाको शिखरमा रहेको,चलचित्र कान्छीको नेपालको प्रदशन अगावै न्युजिल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री भएको छ ।नायिका श्वेता खड्काले निर्माण गरेको उक्त चलचित्र ‘कान्छी’ लाई अस्ट्रेलियाको फोरनेशन इण्टरनेशनल प्रा,लि ले यि दुइ देशमा प्रदर्शन गर्ने जिम्मा लिएको बताइएको छ ।साथै नायिका श्वेताको काया फिल्मस् प्रा,ली र फोरनेशनल बिच गएको साता दुई देशमा चलचित्र चलाउने सम्झौता भएको हो भने चलचित्र‘कान्छी’ लाई ति देशमा प्रदर्शन गर्ने मितिमा भने हाल छलफल भैहेको फोरनेशन इण्टरनेशनलका विज्नेश डेभलोपमेण्ट म्यानेजर कोमल पाठकले बताएका छन ।पाठकका अनुसार् ‘दर्शकको मागपछि हामीले कान्छी लिएका पनि बताएका छन । निर्देशक आकाश अधिकारी निर्देशित चलचित्रमा नायिका श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । निर्माण पक्षले सार्वजनिक गरेको उक्त चलचित्र मा समाबेश गीत ‘चरी चट्ट परी’ बोलको गीत लाई  युटुवमा यो समाचार तयार पार्दा सम्म ४४ लाख भन्दा बढी पटक हेरी सकिएको छ ।