२0७४ पौष २ आइतबार

समाचार

चलचित्र 'लिली बिली' चैत ३० गते प्रदशनी मा आउने ।

मंसिर,१८,२०७४ ।चलचित्र निर्माणको सार्वजनिक कार्यक्रमको दिन देखी नै चर्चामा रहेको निर्देशक मिलन चाम्स निर्देशनमा हाल निर्माण कार्य तिब्र गतीमा भैरहेको चलचित्र 'लिली बिली'को प्रदशनी मिती सार्वजनिक गरिएको छ्,युवा दर्शक हरुको पहिलो रोजाइमा पर्ने नायक प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आउँदो नेपाली सालको नयाँ वर्षलाई लक्षित गर्दै चैत ३० गतेलाई प्रदशनी मिती पक्का गरेको छ । चलचित्रका निर्माता तथा वितरक गोविन्द शाहीले बताए अनुसार चलचित्र लिलिबिलि उक्त मिति आउने  पक्का भएको बताएका हुन्,साथै उनले बताए अनुसार क्रिसमसमा ‘लिलिबिली’ को पहिलो गीत सार्वजनिक गरिने पनि निर्माता शाहीले बताएका छन् ।युकेका रमणीय स्थल हरुमा छायाँकन भैरहेको उक्त चलचित्रको हाल सम्म ५५ प्रतिशत निर्माण कार्य सकिएको जानकारीमा दिइएको छ ।काफिया फिल्मस,सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानर र गोविन्द शाहि,सुदिप खड्का र निर्देशक चाम्सको लगानी र बनी रहेको उक्त चलचित्र मा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, र अनुपविक्रम शाही लगाएत कलाकार हरु को मुख्य भूमिका रहेको छ  ।