२0७४ पौष २ आइतबार

समाचार

टिका दाहालको 'गोरी भर्सेस गोर्खे'को म्युजिक भिडियो तयार ।

मंसिर,१८,२०७४ ।नेपाल आइडलको टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा 'गोरी भर्सेस गोर्खे'को म्युजिक भिडियो तयार भएको छ ।अस्ट्रेलियामा बसेर पनि गीत संगीतमा क्षेत्र मा सक्रिय रहदै आएका संगीतकर्मी टिका दाहालको संगीतमा तयार भएको उक्त गीत मा नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापा,सागर आले र राहुल बिस्वाशको आवाज लाई समेटिएको छ भने रमेश दाहालको शब्द रहेको छ। नेपाल आइडलका ३ जना उत्कृस्ट प्रतियोगीको स्वर रहेकोले पनि नेपाली संगीत प्रेमी स्रोताहरु को लागी यो गीत प्रतिक्षित बनेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त गीत को भिडियो लाई बुढा सुब्बाको यु टुब च्यानल बाट मङ्सिर २१ गते हुन गइ रहेको चुनाब लगत्तै सार्बजनिक गरिने यस गीतका संगीतकार टिका दाहालले बताएका छन ।