२0७४ माघ ५ शुक्रबार

समाचार

लोमान्थाङमा हुँदैछ चलचित्र 'भैरे'को छायाकन ।

मंसिर,२२,२०७४ ।यती बेला लोमान्थाङको चिसो मौसममा चलचित्र ‘भैरे’को छायांकन तिब्र गती मा भैरहेको छ ।नायक दयाहाङ राइ,नायिका बर्षा सिवाकोटी र नायिका सुरक्षा पन्त लाई, मुख्य भूमिकामा देख्न पाइने उक्त चलचित्र भैरे को छायांकनका क्रममा, लोमान्थाङमा पुगेका केहि कलाकार तथा प्राविधिक लोमान्थाङको चिसो मौसमका कारण विरामी समेत परेको स्रोतले बताएको छ । तर,निर्माण स्रोतले बताए अनुसार चलचित्रको छायांकन भने नरोकिएको पनि बताइएको छ ।चलचित्रको छायाकनको लागी निर्माण युनिट १५ दिन अगाडि लोमान्थाङ पुगेका थिए।निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा छायाकन भैरहेको उक्त चलचित्रमा नायक दयाहाङ राई लाई शिर्ष भूमिकामा देख्न पाइने छ भने उनको जोडीको रुपमा नायिका सुरक्षा पन्त लाई देख्न पाइने छ ।साथै उक्त चलचित्रकी अर्की नायिका बर्षा लाई हिमाली भेगकी यूवतीको भेषमा देख्न पाइने निर्माण युनिट बाट सार्वजनिक भएको एक तस्बिर मा देख्न पाइएको छ जुन तस्बिरमा नायिका बर्षा वुद्धिसँग एक तस्बिरमा रिसाएकी देखिएको छ भने अर्को तस्बिरमा लजाएकी देखिन्छ ।नायिका बर्षाले समाचार स्रोत लाई बताए अनुसार चलचित्र ‘भैरे’ बाट उनको छुट्टै स्थान बन्ने र नायिका बर्षा र वुद्धिको जोडीलाई पनि दर्शक ले रुचाउने बताएकी छिन ।