२0७५ असार ५ मंगलबार

समाचार

५० लाखमा चलचित्र कान्छी को चरी चट्ट परी भुरुरु ।

मंसिर,२४,२०७४ ।माघ २६ गते बाट प्रदशन मा आउन लागेको,नायिका तथा निर्मात्री श्वेता खडकाले निर्माण गरेको चलचित्र‘कान्छी'मा समाबेश चरी चट्ट बोल रहेको गीत लाई यु टुब मा ५० लाख भन्दा धेरै पटक हेरिएको छ । सार्वजनिक भएको दिन देखी नै नेपाली चलचित्र प्रेमी दर्शक स्रोता हरुको मन जित्न सफल ,बुढा सुब्बाको यु टुब च्यानल बाट सार्वजनिक गरिएको उक्त गीत मा,नायिका स्वेता खडका र नायक दयाहाङ राइ माथी छायाकन गरिएको छ । चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत र  संगीतकार शिवाकोटी र अन्जु पन्तको स्वर रहेको उक्त गीत मा । नायिका स्वेता र नायक राइ लाई नचाउने काम भने बरीस्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले गरेका छन्। । निर्देशक आकाश अधिकारीको निर्देशनमा निर्मित चलचित्रमा नायिका श्वेता र नायक दयाहाङ राई लाई  मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र भूमिका श्रेष्ठ लगाएत कलाकार हरुको अभिनय रहेको छ ।