२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र 'लिली बिलि' को, खलपात्र सबिन की अनुप ?

मंसिर,२७,२०७४ ।एक पछी अर्को सफल चलचित्र को निर्देशन र निर्माणमा ब्यस्त रहदै आएका । निर्देशक मिलन चाम्स को निर्देशनमा छायाकन भैरहेको चलचित्र 'लिली बिली'को यती बेला बेलायतको बिभिन्न स्थान हरुमा छायांकन तिब्र गतीमा भइरहेको छ ।
छायांकन अगावैदेखि चर्चा बटुल्न सफल उक्त चलचित्र को प्रदशन मिती प्रतिक्षीत बनी रहेको छ ।'प्रेमगीत'का नायक प्रदीप खड्का को मुख्य अभिनय रहेको चलचि लिली बिलीको यती बेला खलपात्रको भूमिका लाई लिएर चर्चा भैरहेको छ ।अहिले कि हट एण्ड सेक्सी नायिका प्रियंका कार्कीको समेत अभिनय रहने उक्त चलचित्रमा नायक प्रदीपसँग टक्कर लिने खलपात्रको खोजी हुन थालेको बताइएको छ ।स्रोतले बताए अनुसार चलचित्र लिली बिलीमा खलपात्रको भूमिकामा अहिले दुई नायकको नाम बाहिर आएको बताइएको छ ।नायक सविन श्रेष्ठ र अनुपविक्रम शाही ।लिली बिलीका निर्देशक मिलन चाम्सले आफ्नो आधिकारिक फेसबुकमा 'विथ माई स्टार्स' भन्दै प्रदीप, सविन र अनुपसँगको एक तश्वीर अपलोड गरेका छन् ।प्राय जसो चलचित्रमा खलपात्रको भूमिकामा देखिदै आएका अनुप यो चलचित्रमा मुख्य भूमिकामा देखिदै छन्।निर्माता गोविन्द शाहीका अनुसार नायक अनुपलाई म भिलेन भन्न सक्दिनँ । उहाँको लिली बिलीमा मुख्य भूमिका छ । भिलेन हुन् वा हिरो त्यो चाहिं लिलिबिली हलमा लागेपछि नै थाहा हुनेछ । तर म अनुपलाई हिरो भन्न चाहन्छु ।साथै उनले बताए अनुसार सविन श्रेष्ठको गेस्ट रोल रहेको उनले बतएका छन भने सबिन यतिबेला भोजपुरी मेघा स्टार दिनेशलाल यादवको ‘निरहुआ चलल लण्डन’मा खलनायकको भूमिका अभिनय गरी रहेका पनि बताएका छन ।चलचित्र लिली बिलीमा नायक प्रदीपको अपोजिटमा नव-नायिका जसिता गुरुङ देखिँदैछिन् ।