२0७५ असार ५ मंगलबार

समाचार

सर्वाधिक प्रतिक्षामा रहेको चलचित्र‘कृ’को पोष्टर सार्वजनिक ।

मंसिर,२८,२०७४ ।चकलेटी नायक अनमोल के सी अभिनित्,यस बर्षा को सर्वाधिक प्रतिक्षामा रहेको चलचित्र‘कृ’को पोष्टर सार्वजनिक गरिएको छ ।नव-नायिका अदिती बुढाथोकी र अनमोलके सी लाई रोमान्टिक भाव मा देख्न पाइने उक्त चलचित्र को पोष्टर लाई निर्माण पक्षले सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको उक्त पोष्टरमा नायिका आदिती नायक अनमोलको अंगालोमा रहेकी छिन् ।द सुपर काजोल फिल्मसको  प्रस्तुती रहेको चलचित्र  कृ लाई सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको छ्।माघ २६ गतेबाट प्रदशन मा आउन लागेको चलचित्र कृ मा अनमोल केसी,अदिती वुढाथोकी,सरोज खनाल,रुपा राना,अनुपविक्रम शाही,कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।भूवन केसी र  सुवास गिरी निर्माता रहेको कृ लाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन । चलचित्र मा कार्यकारी निर्माता को रुप मा कमल गिरी रहेका छन भने सह–निर्माताको रुप म श्री पराजुली रहेका छन् ।चलचित्र का निर्देशक सुरेन्द्र पौडेलले बताए अनुसार चलचित्र ‘कृ’ लाई दर्शक हरुले  केहि समय पर्खनु परेपनि दर्शकको चाहना अनुसारको चलचित्र बनेको बताए ।नायक अनमोल केसीलाई दर्शकले यो चलचित्रमा भिन्न गेटअपमा देख्न पाउनु का साथै ।एक पछी अर्को गर्दै लगातार ४ वटा चलचित्रमा रोमान्टिक नायकको रुपमा देखिएका नायक अनमोल लाई यो चलचित्रमा रोमान्टिकसँगै एङ्ग्री अवतारमा देख्न पाइने बताएका छन ।