२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र 'राज्जा रानी'को प्रिमियर शोमा प्रंशसै प्रंशसा।

पौष,२०,२०७४ ।चलचित्र राज्जा रानीको हिजो साँझ दरबारमार्गस्थित क्युज सिनेमा हलमा प्रिमियर शो गरिएको छ ।प्रिमियर शोमा सहभागी हरुले चलचित्र राज्जा रानीको कथावस्तु र कलाकारको प्रस्तुती विशेष लागेको भन्दै प्रंशसा गरेका छन । नायिका रेखा थापालाई विशेष भूमिकामा प्रस्तुत गरिएको उक्त चलचित्रमा तराई भेगमा ब्याप्त दाइजो प्रथा,छोरी बुहारीले पाउने दण्ड,सजाय र बुहारी लाई दाइजोको लागी दिइने शारिरिक तथा मानसिक यातना लाई निर्देशक यम थापाले मन छुने तरिका बाट प्रस्तुत गर्न सफल भएको देखिन्छ । शिर्ष भूमिकामा प्रस्तुत भएका नायक नाजिर हुसेन र नायिका केकी अधिकारीको जिवन्त अभिनयले दर्शक हरुको मन छुन सफल भएको छ ।निर्देशक याम थापाको लेखन तथा निर्देशनमा निर्मित चलचित्र‘राज्जा रानी’मा दिपक क्षेत्री,कामेश्वर चौरसिया,संगीता नापित जस्ता कलाकार हरुले पनि आफ्नो आ आफ्नो भूमिकालाई न्याय गरेका छन् । यही शुक्रबार पौष २१ गते बाट नेपाली र मैथिली भाषामा देशभरका हलहरुमा प्रदशन मा आउने चलचित्र राजा रानी को प्रिमियर शो मा पुगेका प्रतिनिधि सभा सदस्य लाल बाबु पण्डित,निर्देशक दिपाश्री निरौलाले चलचित्र राजा रानी को कथा बस्तु कलाकारको अभिनय राम्रो रहेको र त्यसमा पनि रानी अर्थात् केकी अधिकारीले गरेको अभिनय अब्बल रहेको बताएका छन्।चलचित्र राज्जा रानी लाई निर्माता रमेश एमके पौडेलले निर्माअण गरेका हुन ।