२0७४ माघ ५ शुक्रबार

समाचार

चलचित्र 'कान्छी'को चरी चट्ट पछी यो जिउ दाउ मा लाउने गीत को भिडियो सार्वजनिक ।

पौष,२०,२०७४ ।चलचित्र कान्छीमा समाबेश गरिएको नयाँ गीत सार्वजनिक भएको छ ।फाल्गुन ४ गते बाट प्रदशनमा आउने चलचित्र कान्छीमा समाबेश यो जिउ दाउमा लाउने बोल रहेको उक्त गीत लाई चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको हो ।यस अघी चलचित्रमा समाबेश गरिएको ‘चरी चट्ट परी भुरुरु ’गीत लाई निर्माण पक्षले सार्वजनिक  गरेको थियो जुन गीत लाई यो समाचार तयार पार्दा सम्म युट्युब मा  ७५ लाख पटक हेरी सकिएको छ ।नायिका तथा निर्मात्री स्वेता खडकाले निर्माण गरेको चलचित्र कान्छीको सार्वजनिक गरेको ‘यो जिउ दाउमा लाउने’ गीतमा गायक धर्मेन्द्र सेवानको स्वर्,दयाराम पाण्डेको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको रहेको छ ।अभिनेता दयाहङ राइ र नायिका स्वेता खडका माथी फिचरिङ्ग गरिएको उक्त गीतको भिडियोमा नृत्य निर्देशक वसन्त श्रेष्ठको निर्देशन रहेको छ । काया फिल्मस र बुम रेमिटको प्रस्तुतिमा निर्देशक आकाश अधिकारी निर्देशित र फागुन ४ बाट प्रदशनमा आउने चलचित्र कान्छीमा स्वेता र दयाको अलावा अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरि, बिनोद न्यौपाने, भुमिका श्रेष्ठ, रमेश अधिकारी, जय नन्द लामा र नीर शाह लगाएत कलाकार हरुको अभिनय र चलचित्र  राज्जा रानीका निर्देशक याम थापाको लेखन रहेको छ ।