२0७५ जेठ ८ मंगलबार

समाचार

आज बाट चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’प्रदशनीमा ।

पौष,२१,२०७४ ।आज बाट देशभरका हल हरुमा चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’प्रदशनीमा आएको छ ।फ्राइडे रिलिज अन्तगर्त यो हप्ता बाट दुई नेपाली चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’  देशव्यापी प्रदर्शनमा आएका हुन ।बलिवूड का सुपर स्टार सलमान खान अभिनित चलचित्र 'टाइगर जिन्दा हे'का कारण दुई हप्ता अगाडि देखी नाम सुनिएका ठूला नेपाली चलचित्रका ब्यानर बाट निर्मित चलचित्र हरु प्रदर्शनमा नआएको अवस्थामा यो हप्ता बाट भने मल्टिप्लेक्स र सिंगल हलमा ‘फिर्के’ र ‘राज्जा रानी’ले नेपाली चलचित्र को बजार मा प्रदशन शुरु गरेको हो।गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा बोकेको चलचित्र ‘फिर्के’मा रवि डंगोल 'बेमान'निर्देशन,अभिमन्यू निरबीको लेखन,अष्ट महर्जनको द्वन्द्व,मित्र डि गुरुङको सम्पादन, राम कुमार केसीको छायांकन रहेको छ ।अर्पण थापा,सुलेमान शंकर,ऋचा शर्मा,क्रिष्टिना पौडेल, बिष्णु सापकोटा,अर्जुन गुरुङ्,उज्ज्वल भण्डारी,पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।त्यसै गरी दाइजो प्रथाको कथा बोल्ने आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्देशक याम थापा निर्देशित‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेन,कामेश्वर चौरसिया,दीपक छेत्री,संगीता नापित लगाएत कलाकार हरुको अभिनय रहेको छ ।