२0७४ फाल्गुण १३ आइतबार

समाचार

चलचित्र 'लिली बिली' चैत ३० गते नआउने ।

पौष,२३,२०७४ ।चलचित्र निर्माणको घोषणा कार्यक्रमको दिन देखी नै चर्चामा रहेको र चैत ३० गते बाट प्रदशन प्रारम्भ शुरु गर्ने भनिएको । अहिलेका स्टार नायक प्रदीप खडका अभिनित चलचित्र लिली बिली चैत ३० गते बाट प्रदशनमा नआउने भएको छ ।समाचार स्रोतले बताए अनुसार हालसालै छायांकन सकिएको उक्त चलचित्रको पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि चलचित्र ‘लिलिबिली’ चैत ३० गते बाट बैशाख १४ गते पुगेको बताइएको छ ।चलचित्रका निर्माता निर्माता गोविन्द शाहीका अनुसार चलचित्र लिली बिली अब बैशाख १४ गते बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको सयुक्त व्यानरमा निर्माण भएको चलचित्र लिली बिलीमा समाबेश एक गीत छिट्टै सार्वजनिक गरेर चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा रहेको निर्माण स्रोत बाट जानकारीमा आएको छ ।निर्देशक मिलन चाम्स निर्देशित चलचित्र लिली बिलीमा प्रदीप खड्का,प्रियंका कार्की,नव नायिका जसिता गुरुङ,अनुपविक्रम शाही लगायत कलाकारहरुको अभिनय रहेको छ ।लन्डन,स्कटल्याण्ड,टर्कीको स्थानबुल र नेपालमा छायाकन गरिएको उक्त चलचित्र को निर्माण पक्षले सार्वजनिक गरेको नयाँ प्रदशनी मितीमा नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’पनी सोही दिन बाट प्रदशनमा आउने फाइनल भइसकेको पनि स्रोत बाट समाचार प्राप्त भएको छ ।