२0७४ फाल्गुण १३ आइतबार

समाचार

कान्छीको चरी चट्ट लाई पछयाउंदै कान्छी कै गीत यो जिउ दाउमा लाउने ।

पौष,२४,२०७४ ।‘चरी चट्ट परी भुरुरु ’गीत लाई यु टुब मा ७९ लाख भन्दा धेरै पटक हेरी सकिएको अवस्था मा चलचित्र 'कान्छी'मा समाबेश अर्को यो जिउ दाउ मा लाउने मैले तिम्लाई मात्र हो बोल को गीत लाई पनि १० लाख भन्दा धेरै पटक हेरिएको छ ।फाल्गुन ४ गते बाट प्रदशनमा आउने चलचित्र कान्छीमा समाबेश यो जिउ दाउमा लाउने बोल रहेको उक्त गीत लाई गत बिहिबार राजधानी मा एक कार्यक्रम को बिच सार्वजनिक गरिएको थियो।नायिका तथा निर्मात्री स्वेता खडकाले निर्माण गरेको चलचित्र कान्छीको सार्वजनिक गरेको ‘यो जिउ दाउमा लाउने’ गीतमा गायक धर्मेन्द्र सेवानको स्वर्,दयाराम पाण्डेको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको रहेको छ ।अभिनेता दयाहङ राइ र नायिका स्वेता खडका,आशान्त शर्मा,कामेश्वर चौरसिया,अनु शाह्,भुमिका श्रेष्ठ लगाएत कलाकार हरु माथी फिचरिङ्ग गरिएको उक्त गीतको भिडियोमा नृत्य निर्देशक वसन्त श्रेष्ठको निर्देशन रहेको छ । काया फिल्मस र बुम रेमिटको प्रस्तुतिमा निर्देशक आकाश अधिकारी निर्देशित र फागुन ४ बाट प्रदशनमा आउने चलचित्र कान्छीमा स्वेता र दयाको अलावा अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरि, बिनोद न्यौपाने, भुमिका श्रेष्ठ, रमेश अधिकारी, जय नन्द लामा र नीर शाह लगाएत कलाकार हरुको अभिनय र चलचित्र  राज्जा रानीका निर्देशक याम थापाको लेखन रहेको छ ।