२0७४ फाल्गुण ८ मंगलबार

समाचार

कायरा को छायाँकनका लागी नायक आर्यन फिलिपिन्स उडे ।

पौष,२५,२०७४ ।नेपाली चलचित्र का चकलेटी नायक आर्यन सिग्देलको होम प्रोडक्सन बाट निर्माण गरिन लागेको नेपाली चलचित्र ‘कायरा’को छायाँकनका लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । उक्त चलचित्रका निर्माण युनित सहित नायक आर्यन गत सोमबार राती फिलिपिन्स उडेका हुन् ।चलचित्र ‘कायरा’को निर्माण टिम र पती आर्यन लाई बिदाइ गर्न  आर्यन कि श्रीमती सपना भण्डारी पनि एयरपोर्ट पुगेकी थिइन् ।यता चलचित्र कायरा को निर्माण टिम सबै चलचित्र छायाकनको लागी फिलिपिन्स उडेको अवस्थामा चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने लण्डनमा चलचित्र इण्टु मिण्टु लन्डन को छायाकन को लागी गएको र उतै बाट चलचित्र कायराको छायाकनको लागी फिलिपिन्स जाने समाचार स्रोतले बताएको छ ।लामो समयको तयारी पछि चलचित्र‘कायरा’को निर्माण मा जुटेका आर्यन ले यस अघी चलचित्र‘नोभेम्वर रेन’ र ‘क्लासिक’ निर्माता सुवास गिरीसँगको साझेदारीमा निर्माण गरी सकेका छन्। निर्देशक लक्ष्मण रिजालको निर्देशन मा निर्माण हुन लागेको चलचित्र ‘कायरा’ मा आर्यन र साम्राज्ञी लाई मुख्य भूमिकामा देख्न पाइने बताइएको छ भने नायिका साम्राज्ञीले यस चलचित्र मा अभिनय गरे बापत पारिश्रमिक मात्रै दश लाख रुपैयाँ लिएको खबर पनि प्राप्त भएको छ ।चलचित्र कायराको निर्माण टिम फिलिपिन्स मा महिना दिन जती उतै रहने छन ।