२0७५ असार ५ मंगलबार

समाचार

कान्छी लाई बाटो खुल्ला गर्दै मंगलम फाल्गुन २५ मा सर्‍यो ।

पौष,२६,२०७४ ।निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ फागुन ४ गते बाट प्रदशनीमा आउने भनिएकोमा ।अब उक्त चलचित्र मंगलम फागुन २५ गते बाट प्रदशनमा आउने भएको समाचार प्राप्त भएको छ ।नायिका शिल्पा पोखरेल अभिनीत चलचित्र ‘मंगलम’को निर्माण टिम र चलचित्र वितरक कम्पनीसँगको केहि दिन देखी चल्दै आएको छलफलपछि चलचित्र मंगलमका निर्माता छविराज ओझाले ‘मंगलम’लाई फागुन २५ गते प्रदर्शनमा ल्याउने निधो गरेको बताइएको छ ।चलचित्र मंगलमको निर्माण टिमले यसअघि सार्वजनिक गरेको प्रदशनी मिती फागुन ४ मा ‘कान्छी’ र त्यस को एक हप्ता अगाडि अर्थात्, माघ २६ गते अहिलेका युवा स्टार अनमोल केसी अभिनीत चलचित्र‘कृ’ प्रदर्शनमा आउने भएपछि चलचित्र मंगलमका निर्माता ओझाले सुरक्षित बाटो खोज्दै फागुन २५ रोजेको समाचार स्रोतले बताएको छ ।निर्माता ओझाले चलचित्र ‘मंगलम’को प्रदशनी मिती सारे सगै अब नायिका स्वेता खडकाले निर्माण गरेको चलचित्र कान्छीले फागुन ४ गते बाट सोलो प्रदशन हुने मौका पाएको छ।