२0७५ जेठ ८ मंगलबार

समाचार

नायक शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा बर्षा र नायक संजोग ।

पौष,२६,२०७४ ।नेपाली चलचित्र क्षेत्रका ‘ठूल्दाई’ शिव श्रेष्ठले निर्माता भएर निर्माण गर्न लागेको पहिलो चलचित्रमा नायिका बर्षा राउत र नायक संजोग कोइराला फाइनल भएको समाचार स्रोत बाट समाचार प्राप्त भएको छ ।लामो समयदेखि अभिनय यात्रामा सक्रिय भई नेपालको साथ साथै पाकिस्तानी चलचित्रमा पनि राम्रै नाम कमाएका शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र को नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको पनि समाचार प्राप्त भएको छ भने चलचित्र लाई यस अघी चलचित्र'मन्दिरा'निर्देशन गरी सकेका निर्देशक दिपेश सापकोटाले निर्देशन गरी राखेको पनि समाचार प्राप्त भएको छ ।नायक शिब श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका संजोग र वर्षा लामो समयदेखि एक अर्का को प्रेम सम्बन्धमा रहदै आएका छन,भने नायिका बर्षा यसै चलचित्रको लागी आफ्नो तौल घटाउन अष्ट्रेलिया गएकी पनी समाचार र्स्रोतले बताएको छ ।समाचार सुत्रका अनुसार नायक शिव श्रेष्ठ लाई पनि मुख्य भूमिकामा देख्न पाइने उक्त चलचित्रमा नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि अनुवन्धित भइसकेको बताएको छ ।नायक श्रेष्ठ कै कथा रहेको उक्त चलचित्रको हाल गोप्य रुपमा छायांकन भइरहेको बताइएको छ ।चलचित्र मा शिव श्रेष्ठसँगै बिष्णु चेम्जोंग लिम्बु, यशोदा राई, दिनेश दर्शनधारीले संयूक्त लगानी रहेको र चलचित्र को चाँडै नै निर्माण यूनिटले टीजर सार्वजनिक गर्न लागेको पनि बताइएको छ ।