२0७४ माघ ५ शुक्रबार

समाचार

चलचित्र 'पिंजडा ब्याक अगेन्' लिएर निखिल र सञ्चिता जापान जादै ।

पौष,२७,२०७४ ।माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको,एक्सन नायक निखिल उप्रेती अभिनित चलचित्र‘पिंजडा व्याक अगेन’जापानमा पनि विशेष शो गरिन लगेको समाचार प्राप्त भएको छ ।चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिएको गीत संगीत र ट्रेलर पछी प्रतिक्षीत बनी रहेको छ । नायक निखिल र नायिका सारा सिपार्लीको मुख्य अभिनय रहेको ‘पिंजडा व्याक अगेन’ नायक निखिलको डेब्यु फिल्म ‘पिंजडा’को नेम सिक्वेल रहेको छ ।फेमिली ड्रामा र एक्सन प्याक रहेको चलचित्र ‘पिंजडा व्याक अगेन’लाई जापानमा बसोबास गर्ने नेपाली दर्शक हरुले नेपालमा प्रदशन भएको १० दिन पछाडी जनवरी २८ तारिखमा जापानमा हेर्न पाउने बताइएको छ्।समाचार स्रोतका अनुसार जापानको उक्त शोमा चलचित्रका निर्देशक हिमाल केसीसँगै नायक निखिल र अभिनेत्री सञ्चिता लुईंटेलको पनि  उपस्थित रहने बताइएको छ ।मौनाता श्रेष्ठको कथा रहेको उक्त चलचित्र जापानको टोकियोमा प्रदर्शन भए लगत्तै अन्य शहरमा पनि भिन्न-भिन्न मितिमा फिल्मको प्रदशन गरिने चलचित्र का निर्देशक केसीले बताएका छन । निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय,सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता र श्रीराम बराल प्रस्तुतकर्ता रहेका छन्। सौरभ लामाको छायाकन रहेको उक्त चलचित्रमा रोहित पुरी,गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ्।