२0७५ जेठ ८ मंगलबार

समाचार

चलचित्र ‘ऐश्वर्य ’को 'तिमी रोएको पल'यु टुब मा एक करोड पुग्यो

पौष,३०,२०७४ ।नेपाली चलचित्रमा सकृय रहदा रहदै लामो समय अमेरिकाको बसाइ पछी पुन नेपाली चलचित्र मा कम ब्याक गरेका नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘एश्वर्य’मा समाबेश गीत 'तिमी रोएको पल'लाई पनि यु टुब मा एक करोड भन्दा धेरै पटक हेरिएको छ ।नायक रमेश र डेब्यु नायिका दिपिका प्रसाई माथी फिचरिङ गरिएको उक्त गीत “तिमी रोएको पल”मा अहिले का चर्चित संगितकार अर्जुन पोखरेलको शब्द संगित र सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ । टेन्जु योन्जन र अन्जीला खत्री को नृत्य रहेको उक्त गीत लाई हिमाली भेग को रमणीय स्थान हरुमा छायाकन गरिएको हेर्न पाइने छ्।गत कार्तिक २ गते प्रदशनमा आइ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल र ब्यापार ब्यवसाय पनि राम्रो गर्न सफल उक्त चलचित्र निर्माता अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीको लगानीमा निर्माण भएको थियो भने निर्मल शर्मा गैडा सह-निर्माताको रुपमा रहेका छन् ।निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्मण भएको उक्त चलचित्र मा रमेश उप्रेति,नव नायिका दीपिका प्रसाई,केकी अधिकारी,प्रशान्त ताम्राकार्,निर्मल शर्मा लगाएत कलाकार हरुको अभिनय रहेको छ ।