२0७४ फाल्गुण १३ आइतबार

समाचार

लिली बिलिको चल्नै छाडछ धुकधुकी सार्वजनिक ।

माघ्,१,२०७४ ।चलचित्र निर्माणको घोषणा कार्यक्रमको दिन देखी नै चर्चामा रहेको र बैशाख १४ गते बाट प्रदशनमा आउने भनिएको चलचित्र लिली बिलीको नयाँ गीत सार्वजनिक भएको छ ।चलचित्र लिली बिलीमा समाबेश गरिएको उक्त चल्नै छाडछ धुकधुकी यो बोल रहेको गीत मा राजेश कुमार श्रेष्ठको शब्दमा संगीतकार एलिश कार्कीको संगीतमा तयार भएको छ भने गायक प्रताप दास र गायिका मेलिना राइको आवाज रहेको छ । नायक प्रदीप खडका र नव नायिका जसिता गुरुङ माथी फिचरिङ्ग गरिएको गीतको भिडियोमा नृत्य निर्देशक कबीराजको नृत्य निर्देशन र सुदीप बरालको छायाकन रहेको छ ।,टर्कीको इस्तान्बुलमा छायाकन गरिएको उक्त गीतको भिडियो मा नायक प्रदीप र नायिका जसिता को रोमान्स देख्न पाइने छ । निर्देशक मिलन चाम्स निर्देशित चलचित्र लिली बिलीमा प्रदीप खड्का,प्रियंका कार्की,नव नायिका जसिता गुरुङ,अनुपविक्रम शाही लगायत कलाकारहरुको अभिनय रहेको छ भने लन्डन,स्कटल्याण्ड,टर्कीको स्थानबुल र नेपालमा छायाकन गरिएको छ ।