२0७५ जेठ ८ मंगलबार

समाचार

चलचित्र‘पिंजडा ब्याक अगेन’को प्रिमियर शो सम्पन्न ।

माघ्,४,२०७४ ।नायक निखिल उप्रेती नायिका सारा सिर्पाली को मुख्य भूमिका रहेको चलचित्र‘पिंजडा ब्याक अगेन’को बुधबार दरबामार्गस्थित राइजिङ मलमा प्रिमियर शो गरिएको छ ।आज बाट मोफशल र भोली बाट राजधनीमा प्रदशनमा आइ रहेको चलचित्र ‘पिंजडा ब्याक अगेनको प्रिमियर शोमा चलचित्रका नायक निखिल उप्रेति,नायिका सारा सिर्पाली निर्देशक हिमाल केसी,सहित नायिका तथा निखिल कि पत्नी संचिता लुइटेल चलचित्र का वितरक गोपाल कायस्थ लगायतको उपस्थित रहेको थियो ।निर्माण पक्षले आयोजना गरेको प्रिमियर शो चलचित्र हेरी सके पछी नायिका संचिता लुईंटेलले पती नायक निखिल उप्रेतीको पछिल्ला चलचित्र हरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिएकी छिन भने प्रिमियरमा सहभागी अन्य ले पनि नायक निखिलको एक्सन र नायिका साराको अभिनय राम्रो लागेको बताएका छन । द्धन्द्ध निर्देशन बाट छुट्टै पहिचान बनाउना सफल द्रन्द निर्देशक हिमाल केसीको निर्देशनमा निर्मित उक्त चलचित्रमा नायक निखिल र नायिका साराको साथ्मा  पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायत कलाकार हरुको अभिनय रह्र्को छ ।मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन र निर्देशक केसीको द्धन्द्ध निर्देशन,अर्जुन पोखरेल,राजनराज सिवाकोटीको संगीत रहेको उक्त चलचित्र मा श्रीराम बरालको प्रस्तुती मा रमेश सुवेदी र बाबुराज सह निर्माता,बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता र रोहित पुरी,गोविन्द गौरा र चन्द्र बहादुर खत्री निर्माताको रुपमा रहेका छन् ।