२0७५ असार ५ मंगलबार

समाचार

बिश्वकै कान्छा निर्देशक सौगात बिष्ट निर्देशित चलचित्र हैरान शुक्रबार बाट प्रदशन हुँदै ।

जेठ,१,२०७५ ।८ वर्षको कलीलो उमेरमा नै नेपाली कथानक चलचित्र‘लभ यू बाबा’को निर्देशन गरेर गिनिज बुक मा विश्वकै कान्छा निर्देशक को रुपमा नाम लेखाउन सफल ।विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशन मा निर्माण भएको दोस्रो चलचित्र‘हैरान’यही शुक्रवार बैशाख ४ गते बाट देशैभर एक साथ मा प्रदर्शनमा आउँदैछ ।समाचार स्रोत का अनुसार उनले  निर्देशन गरेको पहिलो चलचित्र लब यु बाबा ले बक्सअफिसमा खासै राम्रो ब्यापार गर्न नसकेता पनि उक्त चलचित्र लाई दर्शकबाट 'वर्ड अफ माउथ' भने राम्रो मिलेको थियो ।कान्छा निर्देशक सौगातले समाचार स्रोत लाई बताए अनुसार आफु ले निर्देशन गरेको चलचित्र हैरानले दर्शकलाई हैरान बनाएपनि दर्शकले आफूलाई हैरान नबनाउनेमा आशाबादी रहेको बताएको बताइएको छ ।कलाकार शिशिर भण्डारी लाई सन्की अफिसर्सको पीडित असिस्टेन्सको भूमिकामा देख्न पाइने उक्त चलचित्र मा सत्यराज आचार्य,गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायत हरुको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमानिर्माण भएको उक्त चलचित्र ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता,सम्झना पोखरेल कार्यकारी निर्मात्रीको रुप मा रहेका  रहेकी छिन् । गम्भीर बिस्टको कथा र नृत्य,चन्द्र पन्तको द्रन्द,सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत,नवराज उप्रेती र छायाँकार निरज कँडेलको डीओपी र प्रितम पाण्डेको सम्पादन रहेको छ ।