२0७५ असार ५ मंगलबार

समाचार

शिव श्रेष्ठले निमार्ण गरेको चलचित्र एउटा यस्तो प्रेम कहाँनी को टिजर सार्वजनिक ।

जेठ,२,२०७५ । नेपाली चलचित्रको बजारमा हिजो जेठ १ गते चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक गरिएको छ ।एक समय का एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको उक्त चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को सार्वजनिक गरिएको टिजरमा एक्सनलाई महत्व दिइएको देख्न पाइने छ।दिपेश सापकोटाको निर्देशन रहने उक्त चलचित्र को यती बेला छायांकन तिब्र गतीमा भैरहेको छ ।यशोधा राई र दिनेश दर्शनधारीको निर्माण रहेको उक्त चलचित्र टिजर सार्वजनिक कार्यक्रम मा यसै चलचित्र बाट नेपाली राजातपट मा प्रबेश गर्दै गरेकाअ दुई चर्चित कलाकारका सन्तान नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर लाई पनि प्रस्तुत गरिएको थियो।उनी हरु नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर यसै चलचित्र बाट  डेब्यू गर्दै छन ।टिजर सार्वजनिक कार्यक्रम मा नायिका करिश्माअ की छोरी कबिता ले यस चलचित्र बाट डेब्यू गर्न पाउँदा म खुशी लागेको मैले आफ्नो सक्दो काम गर्नेछु र दर्शकलाई निराश नबनाउने बताएकी छिन ।त्यसै गरी नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि आफु लाई सानैदेखि हिरो बन्ने रहर थियो र बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्ने गरेको र उहाँले बेला आएपछि बन्छौ भन्नुहुन्थ्यो । अहिले बल्ल त्यो समय आएको बताएका छन ।कविता र शक्ति लाई चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा जोडीको रुपमा देख्न पाइने छ ।साथै टीजर सार्वजनिक गर्ने उक्त कार्यक्रम मा नायक शिवले उक्त चलचित्र मा नायिका करिश्माको पनि अभिनय रहने बाटअएका छन ।चलचित्र मा'एउटा यस्तो प्रेम कहानी' मा शक्ति र कविताको जोडी, आयुष्मान देशराज जोशीको जोडी प्रियंका कार्की, संयोग राणाको जोडीको रुपमा वर्षा राउत देखिँदैछन् ।