२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र ‘दि कर्मा’ मा नायिका नीता ढुंगाना,परमिता राज्यलक्ष्मी राणाको साथमा कलाकार बुद्दी तामाङ्ग पनि ।

जेठ,४,२०७५ ।छायांकन सकिएर यती बेला पोष्ट प्रोडक्शनको काम मा ब्यस्त रहेको चलचित्र ‘दि कर्मा’ मा नायिका नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा को साथ मा कलाकार बुद्दी तामाङ्गको पनि प्रबेश भएको समाचार प्राप्त भएको छ ।स्रोतका अनुसार फ्लोरमा जानु अघिदेखि नै विभिन्न कारणले चर्चा र विवादमा रहेको चलचित्र ‘दि कर्मा’को पोष्ट प्रोडक्शनको काम चली रहेको समय मा उक्त ३ चर्चित अनुहारको पनि सहभागिता रहेको खुलाइएको हो । चलचित्रको निर्माण घोषणाको दिन देखी नै नायिकाको खोजीमा रहेको बताउने निर्माण पक्षले  छायांकन सकिदासम्म पनि यस बिषयमा कुनै जानकारी दिएको थिएन । भारतीय  मोडल करण बर्मा लाई मुख्य नायकको रुपमा प्रस्तुत गरिएको उक्त चलचित्र का निर्माता जय राज रायका अनुसार, नायिका नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा र  कलाकार बुद्दी तामाङ्गको भूमिका कस्तो छ त्यो भने बिषय मा चाही चलचित्र को गीत र ट्रेलर आएपछि मात्र खुलासा गर्ने बताएको बताइएको छ ।जय मिडिया म्यानेजमेन्ट प्रा ।लि ।को ब्यानरमा  नेपालको तराई क्षेत्र र भारतको सिक्कीम लगएत का स्थान हरु मा गरिएको उक्त चलचित्र को कथा जय राज रायको रहेको छ ।नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना लाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको उक्त चलचित्र लाई निर्देशक देवकुमार श्रेष्ठले निर्देशन गरेका छन । भदौमा प्रदशन मा ल्याउने तयारीमा रहेको उक्त चलचित्र मा रामेश्वर कार्कीको छायाकन रहेको छ ।