२0७५ असार ५ मंगलबार

समाचार

नायिका निशाले छोरा लाई जन्म दिइन ।

जेठ,७,२०७५ ।नायिका तथा चलचित्र झ्यानाकुटीकी निर्मात्री निशा अधिकारीले पहिलो सन्तान को रुप मा छोरालाई जन्म दिएकी छिन्। नायिका निशाले अमेरिकाको एक अस्पतालमा शुक्रवार छोरालाई जन्म दिएकी हुन् ।छोरा लाई जन्म दिए सगै यती बेला नायिका निशा र उनका पती क्रिकेटर शदर भेषावकरको घरमा खुशी छाएको छ । समाचार स्रोत का अनुसार नायिका निशाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो र छोरा 'युभन निशारद' को स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छिन्।साथै नायिका निशा पहिलोपल्ट आमा बनेपछि उनका समकक्षी साथी हरु, कलाकार, तथा समर्थकले खुसी प्रकट गरेका छन् ।नायिका निशाले परिवारमा नयाँ सदस्यको आगमन पछी  परिवारमा निकै खुसी छाएको पनि बताएकी छिन ।नायिका निशा र क्रिकेटर शदर भेषावकर लाई पहिलो सन्तान को रुप मा पुत्र लाभ गरेको उपलक्ष्य मा बुढा सुब्बा म्युजिक को तर्फ बाट हार्दिक बधाइ तथा शुभकामना ।