२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र ‘जय शम्भु’ को प्रदर्शन मिति सार्वजनिक ।

जेठ,७,२०७५ ।निर्माण कार्य देखी नै चर्चामा रहेको अहिले का दुइ हेण्ड्सम भिलेन को उपनामले चिनिने अभिनेता प्रशान्त ताम्राकार र नायक अनुप बिक्रम शाह अभिनित चलचित्र ‘जय शम्भु’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।निर्माण घोषणाको दिन देखि नै नेपाली चलचित्र को बजार र दर्शक माझा प्रतिक्षीत बनी रहेको उक्त चलचित्र को प्रदशनी मिती निर्मण पक्षले भदौ १ गतेलाई तय गरेको छ ।चलचित्र लाई उक्त दिन प्रदशन गर्न को लागी राजधानीभित्र को लागी वितरक गोपाल कायस्थसँग  र मोफसल को लागी एफडि कम्पनीसँग निर्माण टिमले सम्झौता गरिसकेको पनि ब,ताइएको छ ।चलचित्र ‘जय शम्भु’मा अनुप बिक्रम शाहि,प्रशान्त ताम्राकार नायिका वर्षा सिवाकोटीको साथमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायत कलाकारहरुको अभिनय रहेको छ ।एक्सन र लभस्टोरी जनरामा आधारित रहेर निर्माण र काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा छायाकन गरिएको उक्त चलचित्र लाई निर्देशक रुपेश तामाङले निर्देशना गरेका छन ।दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्र जय शम्भु मा राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता र अरविन्द्र शाक्य निर्माताका रुप मा रहेका छन ।