२0७५ असार ५ मंगलबार

समाचार

चलचित्र हैरानको विशेष शो सम्पन्न ।

जेठ,८,२०७४ ।गत शुक्रबार बाट नेपाली चलचित्र को बजार मा प्रदशन मा आएको नेपाली कथानक चलचित्र हैरान यती बेला सफलता पूर्वक प्रदशन भैरहेको छ ।बिश्व कै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन मा निर्माण भएको उक्त चलचित्रको निर्माण टिमले काठमाण्डौको बीग मुभिजमा विशेष शो को आयोजना सम्पन्न गरेको छ ।कमेडीको साथ साथै देशको राजनीतिक अवस्था,सामाजिक घटनाहरुलाई उठान गरेको उक्त चलचित्र ले सोलो रिलिज को मौका पाए पनि चलचित्रले नेपै चलचित्र को बजार मा औषत व्यापार गरेको समाचार स्रोत ले बताएको छ । चलचित्र हैरान को निर्माण टिम ले आयोजना गरेको विशेष शो मा कलाकार तथ समाज सेबी सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’त्यसै गरी नायक रमेश उप्रेती, सरोज खनाल, निर्मल शर्मा लगाएत्का कलाकार हरु को साथ मा चलचित्र का कलाकार हरु सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा उक्त चलचित्र हेर्न को लागी बिग मुभिज पुगेको बताइएको छ ।चलचित्र हैरान हेरी सके पछी विशेष शोमा उपस्थित भएका चलचित्र पत्रकार र चलचित्रकर्मीले चलचित्र को बिषयवस्तु र कमेडीलाई मन पराएको बताइएको छ ।