२0७५ श्रावण ४ शुक्रबार

समाचार

चलचित्र राज्जा रानी बुढा सुब्बाको यु ट्युब च्यानल बाट सार्वजनिक ।

जेठ,२५,२०७५ ।गत बर्ष पुष २१ गते बाट नेपाली भाषा र मैथिली भाषामा देशव्यापी एक साथ प्रदर्शनमा आएको र नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल चलचित्र राज्जा रानी लाई बुढा सुब्बाको यु ट्युब च्यानल सार्वजनिक गरिएको छ ।त्यस समय चलचित्र को ठुलो पर्दा् मा हेर्न नपाउनु भएका दर्शक हरुले अब बुढा सुब्बाको यु ट्युब च्यानल बाट हेर्न पाउने  भएका छन ।प्रदशन को समय चलचित्र का पात्र हरु ले गरेको जिवन्त अभिनय बाट तारिफ पाउन सफल उक्त चलचित्र राज्जा रानी लाई आज बाट बुढ सुब्बा को यु त्य्ब च्यानल बाट सार्वजनिक गरे सगै उक्त चलचित्र लाई यु ट्युब मा हेर्न पाउने भएको हो । निर्देशक यम थापाको निर्देशनमा निर्माण भएको उक्त चलचित्र मा केकी र नाजिर को अलवा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय रहेको छ भने ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।