२0७५ श्रावण ४ शुक्रबार

समाचार

इटहरीमा सुविधा सम्पन्न ‘एलाइट सिनेमा’ हल संचालनमा ।

जेठ,२७,२०७५ ।नेपाली चलचित्रको बजार सानो भएता पनि यती बेल दर्शक हरुको सुबिधा लाई मध्य नजर गर्दै राजधानी तथा मोफसल मा एक पछी अर्को गर्दै सुबिधा सम्पन्न सिनेमा हल हरुको निर्माण हुने क्रम बढ्दो अवस्थामा रहेका छ ।केही पैसा बढी नै तिरेर दर्शकहरु सुविधा सम्पन्न हलमा जान थालेपछि र नेपाली चलचित्रको बजार नेपाल भित्रै बढ्न थालेपछि हल मालिका हरुको ध्यान सुबिधा सम्पन्न हल निर्माण मा गै रहेको समय मा ।नेपाली चलचित्रका निर्माता छविराज ओझा र निर्माता तथा वितरक प्रदिप कुमार उदयको सयुक्त निर्माणमा पूर्वको इटहरीमा सुविधा सम्पन्न हल संचालनमा आएको छ ।‘एलाइट सिनेमा’नाम दिएर खोलिएको उक्त सिनेमा हलमा दर्शक हरुले सबै खालका सुविधा पाउने चलचित्र का निर्माता तथा बितरक प्रदिपकुमार उदयले बताएको छ । चलचित्र प्रेमी दर्शक हरुको को सुबिधा लाई ख्याल राख्दै संचालनमा ल्याइएको उक्त ‘एलाइट सिनेमा’ हल मा २ वटा पर्दा रहेको र पहिलो हलमा २०८ सिट र दोश्रोमा १४४ सिट क्षमता रहेको पनि बताइएको छ । नेपाली चलचित्रको २ सय र अन्य भाषाका चलचित्रको  ३ सय टिकट दर राखिएको उक्त हल मा उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटी,फोल्डिङ सिस्टमका आरामदायी सिट राखिएको पनि बताइएको छ ।