२0७५ श्रावण ४ शुक्रबार

समाचार

चलचित्र राज्जा रानी लाई यु ट्युबमा २० लाख भन्दा धेरै पटक हेरियो ।

जेठ,२८,२०७५ ।नेपाली कथानक चलचित्र राज्जा रानीले प्रदशन ताका जसरि सिनेमा हलमा नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल भएको थियो ।सोही किसिम बाट उक्त चलचित्रले यु ट्युबमा पनि नेपाली चलचित्र प्रेमी दर्शक हरुको माया पाउन सफल भएको छ ।गत बर्षको पुष महिनामा प्रदशन मा आएको उक्त चलचित्रले त्यस समय दर्शक हरुको मायाको साथ साथै ब्यापार ब्यवसाय पनि राम्रो गर्न सफल भएको थियो ।दाइजो प्रथा र गर्भमा रहेको छोरीको हत्या गर्ने जस्ता असामाजिक बिषय बस्तु लाई मुख्य कथा बस्तु बनाएर निर्माण भएको उक्त चलचित्र लाई बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट गत शुक्रबार जेठ २५ गते सार्वजनिक गरिएको मा । उक्त चलचित्र ले छोटो समय मै यु ट्युब बाट सार्वजनिक गरिएको ४ दिन मै यु ट्युब मा २० लाख भन्दा धेरै दर्शक पाउन सफल भएको छ ।उक्त चलचित्र लाई यु ट्युब मा यो समाचार तयार पार्दा सम्म २० लाख ७० हजार भन्दा धेरै पटक हेरी सकिएको छ ।लेखन निर्देशन याम थापा को रहेको उक्त चलचित्र राज्जा रानीमा नायिका केकी अधिकारी नायक नाजिर हुसेन्,लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापा लगाएत कलाकार हरुको मुख्य भूमिका रहेको छ।साथै चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।