२0७५ श्रावण ४ शुक्रबार

समाचार

नेपाल र कतारमा ट्रेण्डिङ १ मा र अन्य केहि देश हरुमा यु ट्युब को ट्रेण्डिङ मा पर्‍न सफल चलचित्र राज्जा रानी।

जेठ,२९,२०७५ ।गत शुक्रबार बुढा सुब्बा को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको ।नायिका केकी अधिकारी,नायक नाजिर हुसेन र अभिनेता कामेस्वर चौरसिया लगाएत कलाकार हरुको अभिनय रहेको चलचित्र राज्जा रानी ।नेपाली चलचित्रको यु ट्युब को बजारमा पहिलो पटक नेपाल र कतारमा नम्बर १ टेण्ड्रिङमा आउन सफल हुनु का साथै अन्य देश हरुमा पनि ट्रेण्डिङ मा पर्न  सफल भएको छ ।तराई भेग मा रही आएको दाइजो प्रथा लाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको उक्त चलचित्र ‘राज्जा रानी’सिनेमा हल मा भने गत बर्ष को पुष महिना मा प्रदशन भएको थियो । सिनेमा हलमा प्रर्दशन भएको ५ महिना पछि युट्यूव बाट सार्वजानिक गरिएको उक्त चलचित्र लाई ।सार्वजानिक भए सगै लाखौ दर्शकले चलचित्रलाई हेरी सकेका  छन् ।सकारात्मक प्रतिकृया को साथ मा लाखौ पटक हेरी सकिएको उक्त चलचित्र राज्जा रानी नेपाल र कतारमा नम्बर १ टेण्रिा ङमा रहेको छ भने ।त्यस को साथमा अष्ट्रेलियामा २८,बहराइनमा २६, कुवेतमा १३ औ नम्बरमा यु ट्य्ब को ट्रेण्डिङ मा पर्ना सफल भएको छ ।चलचित्र चलचित्र लेखन यात्रामा लामो अनुभव बटुलेका स्क्रिप्ट राइटर यम थापाको निर्देशनमा निर्माण भएको उक्त चलचित्र राज्जा रानीमा केकी अधिकारी,नाजिर हुसेन दीपक क्षेत्री, कामेस्वर चौरसिया संगिता नापित लगाएत कलाकार हरुको अभिनय रहेको छ ।आर्यन फिल्मसको ब्यानरमा निर्मित उक्त चलचित्र लाई रमेश पौडेलको निर्माण रहेको छ ।