२0७५ श्रावण ४ शुक्रबार

समाचार

कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन।

जेठ,३०,२०७५ ।दर्जनौ चलचित्र,टेली चलचित्र र रेडियो नाटकमा अभिनय गरेर आफ्नो अभिनय कलाले लाखौ लाख नेपाली कला प्रेमी दर्शक हरुको मन जित्न सफल ।बरिष्ठ कलाकार भिमबहादुर थापाको गए राती ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित कलाकार थापाको गय राती उनको घरमा नै निधन भएको स्रोत ले बताएको छ ।कलाकारिता क्षेत्र मा प्रवेश गर्नु अगाडि नेपाली सेनामा कार्यरत कलाकार थापा लामो समय देखी कला क्षेत्रमा लागी परी रहेता पनि नेपाल टेलीभिजन बाट प्रशारण हुने गरेको हाँस्य टेलिफिल्म 'तीतो सत्य'मा अभिनय गरे पछी उनको लोकप्रियता चुलिएको थियो ।कलाकार,निर्माता तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म पिता समेत रहेका भिमबहादुर ले एक समय नेपाल टेली भिजन बाट प्रशारण हुने गरेको ‘देवि’ सिरियल मा र दीपाश्री सँगै काम गरेका थिए । यती बेला चलचित्र 'छक्का पञ्जा ३' को सुटिङमा ब्यस्त रहेका निर्देशक निरौला आफ्ना ‘धर्म पिता को निधन भएपछि उक्त चलचित्र को छायाकन  रोकेर काठमाडौं आइ रहेको पनि बताइएको छ । बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार बिहान १० बजे पशुपति आर्यघाटमा दाहासंकार गरिँदैछ भने ।अन्त्येष्टि अगाडि उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिने तयारी भइरहेको छ ।