२0७५ श्रावण ४ शुक्रबार

समाचार

चलचित्र बोबी हेर्ने एक भाग्यशाली दर्शक नर्वे जान पाउने ।

जेठ,३१,२०७५ ।उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित चलचित्र ‘बोबी’हेर्ने एक भाग्यशाली दर्शकले अब नर्वे घुम्न जान पाउने अवसर पाउने भएको छ । स्रोतका अनुसार असार २९ गतेलाई प्रदर्शन मिति तय गर्दै प्रचार प्रसार मा आएको उक्त चलचित्र को निर्माण टिम ले चलचित्र ‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्ने र यसरि पठाएका फोटो हरु लाई फेसबुक लाइभ मार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिने बताइएको छ ।चलचित्र बोबी हेर्ने एक भाग्यशाली दर्शक ले रियल जोडी उमेश थापा र कविता गुरुङको साथ मा ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउने बताइएको छ ।निर्माण टिम ले प्रदशनी मिती नजिकिदै गर्दा यस प्रकार को प्रचार प्रसार शुरु गरेको हो ।चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्र मा नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथा रहेको छ भने संचारकर्मी नरेश भट्टराइले लेखन रहेको छ ।निर्देशक मिलन चाम्स निर्देशित उक्त चलचित्र मा उमेश र कविताको साथमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकार हरुको अभिनय रहेको छ ।