२0७५ श्रावण ४ शुक्रबार

समाचार

चलचित्र‘जय भोले’ को पहिलो गीत‘उम्लियो भने पोखिन्छ सार्वजनिक।

असार्,१,२०७५ ।नेपाली चलचित्र को बजार मा १२ वर्षपछि चलचित्र निर्माण र निर्देशन मा फर्किएका कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माण र निर्देशन मा निर्मित चलचित्र‘जय भोले’ को पहिलो गीत सार्वजनिक भएको छ ।दशैंमा प्रदशन मा ल्याइने सोछ सहित निर्माण गरिएको उक्त चलचित्र मा समाबेश गीत ‘उम्लियो भने पोखिन्छ । बोलको लोक लयको गीत लाई हिजो जेठ ३१ गते बिहीवार राजधानीको कुमारी हलमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकार हरुको उपस्थितिमा  सार्वजनिक गरिएको हो ।संगीतकार राजनराज सिवाकोटी र मेलिना राईको स्वर सुन्न पाइने उक्त गीत मा सङेत्त्कार राजनराज को संगीत रहेको छ ।अभिनेता सौगात मल्ल र बुद्धि तामाङ 'मित' लगाउँदै गर्दाको रमझम देखाइएको उक्त गीत को भिडियो लाई नृत्य निर्देशक बसन्त श्रेष्ठको निर्देशन गरेकाअ छन ।भिडियो मा सलोन बस्नेत,स्वस्तिमा खड्का,खगेन्द्र लामिछाने, राजाराम पौडेललगायतका कलाकारहरु प्रस्तुत गरिएको छ ।ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित उक्त चलचित्र निर्माण को लागी निर्माण पक्षले १ करोड ६० लाख लगानी गरेको बताइएको छ ।झापा र ईलामको बिभिन्न रमणिय स्थान हरुमा छायाकन गरिएको उक्त चलचित्र ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।