२0७५ श्रावण ४ शुक्रबार

समाचार

चलचित्र‘तिमी हुन्छौ जहाँ जहाँ’को निर्माण टिम मोफसलको चार दिनको प्रचार प्रसार सकेर राजधानी फर्किए ।

असार्,३,२०७५ ।यही शुक्रबार असार ८ गते बाट देशव्यापी प्रदशन मा आउन लागेको चलचित्र‘तिमी हुन्छौ जहाँ जहाँ’को निर्माण टिम  मोफसलको चार दिनको प्रचार प्रसार सकेर राजधानी फर्किएको छ ।कलाकार र निर्माण टिम सहितको उक्त टिम पोखरा, बुटवल, चितवन, हेटौँडा, धरान र बिराटनगरमा चलचित्रका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिएको बताइएको छ ।मोफसल टुरमा निर्माता दालचन्द्र दवाडी,अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव-अभिनेत्री तमन्ना केसी, कार्यकारी निर्माता प्रकाश बाँस्कोटा, निर्देशक विकाश बस्यालको सहभागिता रहेको थियो ।निर्देशक बिकाश बस्याल को कथा रहेको उक्त चलचित्र मा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा,रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनु का साथै कविराज गहतराजको नृत्य,रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।