२0७४ असोज ५ बिहिबार

About Us

नेपाली गीत,संगितका श्रब्य द्रिष्य तथा नेपाली चलचित्र लाई नेपाली दर्शक तथा श्रोतामा सरल तरिका ( अडियो क्यासेट, सिडी, चलचित्रका भिडियो सि.डी.) बाट प्रमोशन,उत्पादन तथा बिक्री बितरण गरि नेपाली गीत,संगित तथा चलचित्र क्षेत्रमा लागेका हाम्रा श्रष्टाहरुलाई ब्यवसायिक रुपमा सबल बनाई नेपाली गीत,संगीत को बिकास गर्ने हेतु सन् १९९७ मा यस बुढा सुब्बा म्यूजिक सेन्टर को स्थापना भएको हो । 

स्थापना काल देखि नेपाली गीत,संगीतका श्रोता तथा दर्शकहरुको चाहाना लाई ध्यानमा राखि बिभिन्न समय अनुसारका आफ्ना बिभिन्न उत्पादनहरु ( गितहरु र चलचित्रहरु का अडियो क्यासेट, सिडी चलचित्र ,कमेडी चलचित्र ,कमेडी सिरियल, म्युजिक भिडियो कलेक्सन) अडियो क्यासेट तथा भिडियो सिडी, डिभिडी मार्फत सेवा दिदै आएको यो सस्थाले समय अनुकुल र दर्शक तथा श्रोताहरु को आवश्यकता लाई मध्यनजर गरि बिश्वबजारमा भएको प्रबिधिको बिकाश (डिजिटल प्रबिधी)  सँगै आफुलाई पनि परिमाजित गर्दै आफ्ना उत्पादन डिजिटल प्ल्यटफर्मका बिभिन्न माध्यममा पुर्याउन यो कम्पनिले आफुलाई पनि सन् २००६ मा बुढा सुब्बा डिजिटल प्रा.लि.मा रुपान्तर गरेको हो । हाल यस संस्थाले आफ्ना उत्पादन संसारका प्रय सबै  मुलुकका गीत, संगीत तथा मनोरञ्जनात्मक सेवा IVR,Ringtone,YouTube,I Tunes लगाएत १४० भन्दा बढि च्यानल हरुमा पुर्याउन सफल भएका छौं ।

हाम्रा सेवाहरु 

1 Caller ringe tone (CRBT/PRBT/RBT)

2 Audio

3 Video

4 IVR

5 True tones ,Monotones

6 Wallpaper

7 Mobile compatible video clips

8  VAS - SMS services

9  MMS services .etc

 

Territory

Nepal , India , Malaysia, UAE, Qatar,KSA,Baharain, Kuwat ,Oman, Singapore and so on...

उदेश्य तथा लक्ष्य  

१ नेपाली गीत, संगीत चलचित्रहरु लगायतका मनोरञ्जनसँग सम्बधित बिभिन्न उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने । संसार भरि छरिएर रहेका श्रोता तथा दर्शकहरुलाई नेपाली गीत ,संगित,चलचित्रहरु र नेपाली संस्कृतीलाई सरल माध्यमबाट उपलब्द गराउने । 

 

२ नेपाली संगित जगतका श्रष्टा कलाकारहरु बाट श्रृजित श्रृजनाहरुलाई उचित सम्मान तथा कदर प्रदान गर्दै बिश्वभरी रहेका साना तथा ठुला बजारहरुमा श्रष्टा कलाकारहरुका श्रृजनाहरुलाई पुर्याई त्यसबाट भएको आथिर्क आयलाई श्रष्टा कलाकारमा संम्मान तथा अर्थिकरुपले सबल बनाउने ।

 

३ बिश्वभर फैलिएर रहेका नेपालीहरु तथा नेपाली गीत,संगित र संस्कृती लाई माया गर्ने अन्य देशका ब्यक्तिमाझ नेपाली गीतसंगीत, चलचित्र लगायत बिभिन्न मनोरञ्जन का श्रृजनाहरुलाइ  सर्वसुलभ तवरले निरन्तर उपलब्ध गराउने । 

 

४ समय अनुसार विकसित प्रबिधिसँगै आफुलाई पनि परिस्कृत गर्दै नयाँ तथा नविनतम उत्पादनलाई बिश्व बजारमा पुर्याई बिश्वभर नेपाल र नेपालीका भाषा,कला,साहित्य,संस्कृती र संगीत बारे परिचित गराउने ।

 

हाम्रा सामाग्री

– 10,000+ Audio Songs

– 3,000+ Video

– 200+ Nepali full length movies

– 300+ label partnes

– 40 to 50 contents per week 

माथी उल्लेखित सामग्री तथा उत्पादनलाइ promotion तथा बिष्तारका लागी Budha Subba Digital Pvt Limited ले यस nepalirajatpat .com को बिकाश गरेको हो । यो एक अनलाई संचार माध्यम पनि हो । यसले कम्पनिको बिभिन्न उत्पादनका साथसाथै स्वच्छ तथा स्फुर्त रुपमा सन्देश ,सुचनालगायत बिभिन्न प्रक्रितिका समाचार समेत प्रकाशन गर्ने छ । बिश्वका जुनै पनि मुलकुमा रहेर  यो nepalirajatpat .com मार्फत हामीलाई आफुसँग नजिक गराउन सक्नु हुनेछ ।

Wherever  you live

Enjoy  Nepali Movies, Music With Us

Budha Subba digital  Team